२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगमा आज तीन खेल, मनाङविरुद्ध थ्रीस्टार भिड्दै



अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) तीन खेलहरु हुँदैछन् ।  

लिगको दशौँ चरण अन्तर्गत जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लब आमनेसामने हुँदैछन् । सो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

२३ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्र आज च्यासललाई हराएर अंकतालिकामा अग्रता थप फराकिलो बनाउन चाहन्छ । 

यता, ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको च्यासललाई भने रेलिगेसनबाट बच्न यो खेल महत्वपूर्ण रहेको छ ।

यस्तै, सातदोबाटोस्थित एन्फा कप्लेक्समा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल १ बजे सुरु हुनेछ ।

पुलिस १० अंकसहित दशौँ स्थानमा रहेको छ भने सातदोबाटो १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

यसैगरी, दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल ४ः४५ बजे सुरु हुनेछ  ।

९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा रहेको मनाङ उपाधि होड कायम राख्न थ्री स्टारविरुद्ध जितको खोजीमा हुनेछ । 

यस्तै, १६ अंकसहित अंकतालिकाको चौंथो स्थानमा रहेको थ्री स्टार पनि मनाङविरुद्ध जितको खोजीमा रहेर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

यस्तो छ अंकतालिकाः