२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक पटकको नेपाली सधैको नेपाली: ज्ञानेन्द्र शाही



अ+ अ-

अष्ट्रेलिया । प्रतिनिधि सभा सदस्य, राप्रपा प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही एक पटकको नेपाली सधैको नेपाली भन्ने मान्यतासहित राजनीतिक अधिकारसहितको एनआरएनए नागरिकताको पक्षमा लबिङ गर्ने बताउनु भएको छ ।

प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको आयोजनमा सिड्नीस्थित खुकुरी नेपाली भोजनालयमा भएको अन्तरक्रियाका सासंद शाहीले यस्तो बताउनु भएको हो । अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिड्नीस्थित खुकुरी नेपाली भोजनालयमा भएको अन्तरक्रिया कार्यक्रममा सांसद शाहीले मताधिकारसहितको एनआरएन नागरिकताको पक्षमा कानुन संशोधनमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले विदेशी लगानी सहज रुपमा भित्र्याएर समृद्ध नेपालको सपना साकार पार्ने, विद्यार्थी युनियन, ट्रेड युनियन खारेजी, शिक्षामा हुँदै आएको व्यापार रोक्न पहल गर्ने बताउनु भयो । यसैगरी एशियामा सबैभन्दा महंगो कर तिरेर शिक्षा र स्वास्थ्यमा समेत लाखौँ, करोडौँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्यका लागि संसददेखि सडकसम्मै संघर्ष थालिने पनि सांसद शाहीले बताउनु भयो ।

अष्ट्रेलियामा सिंगो नेपाली समूदाय मिलेर नेपालको पहिचान बचाउन, संस्कृति बचाउन गर्दै आएको सकारात्मक पहलको प्रशंसा गर्दै शाहीले नेपालको समग्र विकासमा एनआरएनए अष्ट्रेलियाको भूमिका रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस अवसरमा राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले नेपालको धर्म, संस्कृति, परम्पराको जगेर्ना गर्न नेपाल हिन्दुराष्ट्र हुनुपर्ने, राजसंस्था पुनःस्थापना हुनुपर्नेमा जोड दिदै यि मुद्दामा प्रवासमा रहेका नेपालीको सहयोग र समर्थन जुटाउन पहल गर्न आग्रह गर्नुभयो । राजवंशीले भुगोलको नेपालबाट टाढा भएपनि भावनाको नेपाल प्रवासी नेपालीहरुसंगै रहेको बताउनु भयो ।




भर्खरै