२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक पटकको नेपाली सधैको नेपाली: ज्ञानेन्द्र शाही



अ+ अ-

अष्ट्रेलिया । प्रतिनिधि सभा सदस्य, राप्रपा प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही एक पटकको नेपाली सधैको नेपाली भन्ने मान्यतासहित राजनीतिक अधिकारसहितको एनआरएनए नागरिकताको पक्षमा लबिङ गर्ने बताउनु भएको छ ।

प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको आयोजनमा सिड्नीस्थित खुकुरी नेपाली भोजनालयमा भएको अन्तरक्रियाका सासंद शाहीले यस्तो बताउनु भएको हो । अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिड्नीस्थित खुकुरी नेपाली भोजनालयमा भएको अन्तरक्रिया कार्यक्रममा सांसद शाहीले मताधिकारसहितको एनआरएन नागरिकताको पक्षमा कानुन संशोधनमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले विदेशी लगानी सहज रुपमा भित्र्याएर समृद्ध नेपालको सपना साकार पार्ने, विद्यार्थी युनियन, ट्रेड युनियन खारेजी, शिक्षामा हुँदै आएको व्यापार रोक्न पहल गर्ने बताउनु भयो । यसैगरी एशियामा सबैभन्दा महंगो कर तिरेर शिक्षा र स्वास्थ्यमा समेत लाखौँ, करोडौँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्यका लागि संसददेखि सडकसम्मै संघर्ष थालिने पनि सांसद शाहीले बताउनु भयो ।

अष्ट्रेलियामा सिंगो नेपाली समूदाय मिलेर नेपालको पहिचान बचाउन, संस्कृति बचाउन गर्दै आएको सकारात्मक पहलको प्रशंसा गर्दै शाहीले नेपालको समग्र विकासमा एनआरएनए अष्ट्रेलियाको भूमिका रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस अवसरमा राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले नेपालको धर्म, संस्कृति, परम्पराको जगेर्ना गर्न नेपाल हिन्दुराष्ट्र हुनुपर्ने, राजसंस्था पुनःस्थापना हुनुपर्नेमा जोड दिदै यि मुद्दामा प्रवासमा रहेका नेपालीको सहयोग र समर्थन जुटाउन पहल गर्न आग्रह गर्नुभयो । राजवंशीले भुगोलको नेपालबाट टाढा भएपनि भावनाको नेपाल प्रवासी नेपालीहरुसंगै रहेको बताउनु भयो ।