• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी

नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो



symbolic picture

काठमाडौँ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ ।

कूल ८० लाख आठ हजार दुई सय ४६ कित्ता शेयर रू तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रू २९ करोड ६३ लाख ८२ हजार सात सय ३८ बराबरको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरी रू १५ करोड दुई लाख ७६ हजार एक सय ८७, शिवम् सिमेन्ट रू १४ करोड ७५ लाख ४२ हजार एक सय ८३, आइजीआई पुडेन्सियल इन्स्योरेन्स रू १३ करोड २३ लाख ५४ हजार सात सय ८७ र नागरिक लगानी कोष रू १२ करोड ५४ लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार, तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालीञ्चोक दर्शन, बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ । यस्तै, सिटी होटलका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड पहिलो आठ दशमलव ४१, इन्गवा हाइड्रोपावर सात दशमलव ५३, नेष्डो समृद्धि लघुवित्त सात दशमलव १८, कालिका पावर कम्पनी छ दशमलव ९१ र एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ४६ प्रतिशतले गुमाएका छन् । रासस