• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ, छुटेर ठिकै भयो– उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले चार दलीय समाजवादी मोर्चामा नेसपा अध्यक्ष डा. बाबुराम छुटेकोमा राम्रै भएको टिप्पणी गरेका छन्।

पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा नेसपा मोर्चामा छुटेको विषयमा सोधिएको प्रश्नमा उनले भट्टराईको एक्लै हिड्ने बानी रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’

उनले मोर्चालाई दिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो खुला रहेको बताउदै भने, ‘बाबुरामलाई हामीले समातेको पनि छैन। छाडेको पनि होइन। उहाँ मोर्चामा आएको कहिलेपनि देख्दिनँ। यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै आएको हो। उहाँको संलग्नता कहिलेपनि देखेको होइन। न हामीले समातेको हो न छाडको हो। छुट्नुभयो भने उहाँलाई थाहा होला।’

अध्यक्ष यादवले मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।