• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला आठ सय रुपैयाँले घटेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।