१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका कानूनमन्त्री सवार गाडी दुर्घटना



अ+ अ-

कैलाली । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मन्त्री सिंह चढेको सुपप्र। ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।

बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।

बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

फोटो -श्याम भट्टको फेसबुकबाट