७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी

घोराही सिमेन्टको आइपिओ रद्द

घोराही सिमेन्टको आइपिओ रद्द
अ+ अ-

काठमाडौँ । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन (आइपिओ)को आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यो कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार घोराही सिमेन्टको क्रेडिट रेटिङ र आइपिओ आवेदनमा शङ्का लागेपछि स्थगित गरेको हो । धितोपत्र बोर्डले आज कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेका हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई पत्र पठाउँदै आइपिओ निष्कासन प्रक्रिया रोक्न भनेको छ ।

“घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरीत भए/नभएको बारेको केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न जेठ ३० मा पत्राचार भएकामा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधार बिना म्याद थपका लागि अनुरोध गर्दै आएको छ”, बोर्डको पत्रमा भनिएको छ, “साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ताको शेयर आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको छ ।”

क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ हुन नपाउने व्यवस्था गरेको छ । घोराही सिमेन्ट र केयर रेटिङ नेपालको लगानीकर्ता एउटै व्यक्ति भएको विषयमा बोर्डले जानकारी मागेको थियो । त्यस्तै, आइपिओमा आवेदन भर्नका लागि असार ४ गतेसम्मको समयसीमा तोकिएकामा घोराही सिमेन्टले त्यसलाई बढाएर असार १४ गतेसम्म पु¥याएको थियो । मागभन्दा बढी आवेदन (ओभर सस्क्राइभ) भइसकेको अवस्थामा पनि आवेदनको भर्ने सीमा बढाएको बारे पनि बोर्डले प्रश्न उठाएको छ ।

नक्कली आवेदन
सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सोमबार बेलुका ४ बजेसम्ममा घोराही सिमेन्टको आइपिओमा एक करोड २० लाख कित्ता शेयरका लागि फर्जी आवेदन परेका छन् । बैंक खातामा न्यून रकम राखेर तर ठूलो सङ्ख्यामा आइपिओका लागि आवेदन परेको उहाँको भनाइ छ ।

“यस्तो प्रकृतिको आवेदन विगतमा छिटपुट हुन्थ्यो र बैंक तथा बिक्री प्रबन्धकहरुले त्यसलाई अयोग्य मान्थे । तर यसपटक ठूलो सङ्ख्यामा फर्जी आवेदन परेका छन् । अहिलेसम्म एक करोड २० कित्ता कित्ता शेयरका लागि फर्जी आवेदन परेको पुष्टि भइसकेको छ”, आचार्यले भन्नुभयो । अहिले बैंकहरुले आवेदन रुजु गर्ने प्रक्रिया चलिरहेकाले यो सङ्ख्या अझ थपिनसक्ने उहाँको भनाइ छ । यसरी ठूलो सङ्ख्यामा फर्जी आवदेन परेको शङ्का लागेपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र बोर्डलाई यसबारे जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आजै एक सूचना जारी गर्दै धितोपत्रको सार्वजनिक निष्कासनमा झुटो आवेदन परेको उल्लेख गर्दै यसको पुष्टि भएमा कारबाही हुने जनाएको छ । “सङ्गठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संस्था तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबार हुने भएकाले यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ”, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सूचनामा भनिएको छ । रासस