• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

हुम्ला जीप दुर्घटना: घाइते चालकको मृत्यु



हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२५ नम्बरको जीप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जीपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जीपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ ।

जीप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रमाम उनी सख्त घाइते भएका थिए । रासस