२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिकालाई कसले ठग्यो झण्डै डेढ करोड रुपैयाँ ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दना चाँडै नै रणवीर कपुरसँग ‘एनिमल’मा देखिने भएकी छिन् । यसैबीच उनीसँग ८० लाख रुपैयाँ (१ करोड २८ लाख नेपाली रुपैयाँ) ठगी भएको खबर आएको छ ।

उनलाई धोका दिने व्यक्ति अरु कोही होइन उनको व्यवस्थापक हो । यो ठगीको बारेमा रश्मिकालाई थाहा हुने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यो खबरमा रश्मिकाको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार म्यानेजरले रश्मिकालाई ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ । यो थाहा पाएर रश्मिकालाई निकै रिस उठ्यो र उनले तत्कालै म्यानेजरलाई जागिरबाट हटाइन् । जानकारीका अनुसार म्यानेजर लामो समयदेखि रश्मिका मन्दनासँग आवद्ध थिए र अभिनेत्रीलाई थाहा नदिई बिस्तारै पैसा चोर्दै आएका थिए ।

सञ्चारमाध्यमसँग सम्बन्धित एक स्रोतले रश्मिकाले यस विषयमा कुनै चर्चा गर्न नचाहेकोले यसबारेमा केही नबोलेको बताएको छ ।

कामको कुरा गर्ने हो भने, रश्मिका अहिले रणवीर कपूरसँग आफ्नो आगामी फिल्म एनिमलमा व्यस्त छिन् । भर्खरै निर्माण पक्षले फिल्मको प्रि टिजर पनि रिलिज गरेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् । चलचित्र अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । साथै, एकै मितिमा रिलिज हुने दुई ठूला फिल्म ‘गदर २’ र ‘ओएमजी २’ सँग यो फिल्म भिड्नेछ ।