२४ मंसिर २०८२, बुधबार
,
Latest
युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिकालाई कसले ठग्यो झण्डै डेढ करोड रुपैयाँ ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दना चाँडै नै रणवीर कपुरसँग ‘एनिमल’मा देखिने भएकी छिन् । यसैबीच उनीसँग ८० लाख रुपैयाँ (१ करोड २८ लाख नेपाली रुपैयाँ) ठगी भएको खबर आएको छ ।

उनलाई धोका दिने व्यक्ति अरु कोही होइन उनको व्यवस्थापक हो । यो ठगीको बारेमा रश्मिकालाई थाहा हुने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यो खबरमा रश्मिकाको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार म्यानेजरले रश्मिकालाई ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ । यो थाहा पाएर रश्मिकालाई निकै रिस उठ्यो र उनले तत्कालै म्यानेजरलाई जागिरबाट हटाइन् । जानकारीका अनुसार म्यानेजर लामो समयदेखि रश्मिका मन्दनासँग आवद्ध थिए र अभिनेत्रीलाई थाहा नदिई बिस्तारै पैसा चोर्दै आएका थिए ।

सञ्चारमाध्यमसँग सम्बन्धित एक स्रोतले रश्मिकाले यस विषयमा कुनै चर्चा गर्न नचाहेकोले यसबारेमा केही नबोलेको बताएको छ ।

कामको कुरा गर्ने हो भने, रश्मिका अहिले रणवीर कपूरसँग आफ्नो आगामी फिल्म एनिमलमा व्यस्त छिन् । भर्खरै निर्माण पक्षले फिल्मको प्रि टिजर पनि रिलिज गरेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् । चलचित्र अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । साथै, एकै मितिमा रिलिज हुने दुई ठूला फिल्म ‘गदर २’ र ‘ओएमजी २’ सँग यो फिल्म भिड्नेछ ।