१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज जेठ २० गते बिहिबार, यी राशिहुनेहरुको लागि आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा  ): धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज अनुहारमा छनक र मनमा प्रसन्न छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कृषि क्षेत्रमा पनि राम्रो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । छोटो यात्राको योग पनि रहेको छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । हाम्रो पात्रो