५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः जिम्बावेलाई नेपालले दियो २९१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेलाई २९१ रनको विजयी लक्ष्य दिएको छ ।

हरारे स्पोट्र्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोडेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ९९ रनको योगदान दिए । ९५ बल खेलेका कुशलले १३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, आशिफ शेखले १०० बलमा ६६ रन जोडे । उनले ७ चौका प्रहार गरे । यस्तै, कुशल मल्लले ४२ बलमा ४१, रोहित पौडेलले २९ बलमा ३१ रन जोड्दा आरिफ शेख ११ बलमा १० रन बनाई आउट भए ।

बलिङतर्फ जिम्बावेका लागि रिचर्ड एनगरवाले चार विकेट लिँदा वेलिङ्टन मसक्द्जाले दुई विकेट लिए । यस्तै, टेन्डाई चतरा र ब्लेसिङ मुजरवानीले एक–एक विकेट लिए ।

जिम्बावेविरुद्धको यो खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।