२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयको खर्च एक रुपैयाँ राख्ने प्रस्ताव के हो ?



अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल सुरु भएको छ । मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकहरुको छलफलका क्रममा केही सांसदहरुले सम्बन्धित मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भनि खर्च कटौतीको प्रस्ताव गर्नुभएको छ ।
गत शुक्रबार सांसद दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सांसद बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सांसद प्रेम सुवालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस भन्ने प्रस्ताव राख्नुभएको थियो ।
त्यसैगरी आज बस्ने बैठकमा पनि सांसदहरु लिलानाथ श्रेष्ठ, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले पनि मन्त्रालयगत अनुसार सोही प्रस्ताव पेश गर्नुहुने कार्यसूची छ ।
सांसदहरुले किन एक रुपैयाँ नै कायम गर्न प्रस्ताव गर्नुभएको छ त ? प्रतिनिधिसभा नियमावलीमा यसप्रकारको व्यवस्था गरिएको छ ।
उक्त नियमावलीको नियम १४३ मा तीन प्रकारका प्रस्ताव प्रस्तुत गर्न सकिने उल्लेख छ । क) शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस, ख) शीर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस वा ग) शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस भन्ने प्रस्ताव पेश गर्न सकिन्छ ।
यसप्रकारको प्रस्ताव सांसदहरुले नीतिमाथिको असहमति प्रकट गर्नु भन्ने बुझिन्छ ।