• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

भ्रष्टाचारमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्नुहुन्नः विश्वप्रकाश शर्मा



file

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताउनु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका काँग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दवाव बढिरहेका बेला उहाँले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राख्नु भएको हो । शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले काँग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरुलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताउनु भयो ।

नेताहरुलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरुले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने उहाँको भनाई थियो । महामन्त्री शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोपमा परेका नेताहरुलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानविन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्वपूर्ण कदम हुने पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘मेरो पार्टीको अमूक नेता चाँही निर्दोष हुनुहुन्छ, फसाउन पाईदैन खोजिदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं । यो देशमा कानुन छ । यो देशमा संविधान छ । यो देशमा अख्तियार छ । यो देशमा अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ । लिएर गएर पार्टीको नेतृत्व गराऊ । अथवा तिम्रो दलका नेता दोषी देखिनु भयो । नख्खु जेलमा भेटन जाऊ भन्ने कुरा कसले गर्छ ? भन्दा अदालतले गर्छ । त्यो कर्ममा काँग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने । र, कोही पनि निर्दोष नफसून । र, कोही पनि दोषी नउम्किउन भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ ।’

महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहो¥याएर नहुने, प्रधानमन्त्री दुई पटक भन्दा बढि बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गर्नु भयो । त्यसो गरियो भने त्यसले शासन व्यवस्थामा सुधारका प्रक्रियालाई अघि बढाउने र सक्षमहरुले मुलकको जिम्मेवारी सम्हाल्दै अघि बढने अवस्था आउने उहाँको बुझाई थियो । महामन्त्री शर्माले भन्नु भयो, ‘एक पटक राष्ट्रपति भएपछि अव दोहो¥याएर नहुने सिष्टममा जाऊ । दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऊ । ३ पटक भएपछि चार पटक नपाउने बनाऊ । ४ पटक सांसद भएपछि विदा लिने सिष्टम बनाऊ । जतिसुकै योग्य व्यक्ति भएपनि यो भन्दा बढि जिम्मेवारी नलिऊ । व्यक्ति जतिसुकै योग्य होस् । यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ ।’

महामन्त्री शर्माले तीन पटक भन्दा बढि मन्त्री हुन नपाउने, चार पटक भन्दा बढि सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अति आवश्यक रहेको दावी गर्नु भयो ।