२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा परी पूर्वमेयर गिरीको निधन



अ+ अ-

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी निधन भएको छ ।

शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार पूर्वमेयर गिरीको निधन भएको हो ।

चापाकोट नगरपालिका–४ दार्सिङ बस्दै आएका पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११ः४० बजे निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको छ ।