५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋत बास्केटबलमा १२० टोली



अ+ अ-

काठमाडौँ । ऋत एकेडेमीको आयोजनामा हुने दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा १ सय २० टोलीको सहभागिता रहने भएको छ ।

ब्वाइजमा ९६ तथा गल्र्समा २४ टिमले भाग लिने निश्चित भइसकेको ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जानकारी गराए ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि छात्रवृत्ति दिइने छ ।

विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।

‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । दुईदिने नकआउट प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइने छ ।