६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम आलेलाई पर्यटनमन्त्रीको चेतावनीपूर्वक जवाफ– बारुदको पहाडमा उभिएर सलाई नखेलाउनू



अ+ अ-

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले नेकपा एसका सांसद प्रेम आलेलाई चेतावनीपूर्वक जवाफ दिदै बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भनेका छन्।

विहिबार प्रतिनिधिसभाको बैठकमा पूर्वपर्यटनमन्त्री आलेले किरातीलाई ‘स्टन्ट मन्त्री’ को संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि उनले सामाजिक सञ्जालमार्फत चेतावनीपूर्वक जवाफ फर्काएका हुन् । सदनमा बोल्दै आलेले अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथमा प्रवेश गरेको र त्यसलाई मन्त्री किरातीले संरक्षण दिएको आरोप लगाएका थिए ।

‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू’, किरातीले फेसबुकमा लेखेका छन् ।

https://www.facebook.com/kiratisudan/posts/830279811800848?ref=embed_post




भर्खरै