९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रतिनिधिसभाको शून्य समय: सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समय: सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिशिर खनालले नेपालमा सडकमा हुने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताउनुभयो । “पछिल्लो एक दशकमा १९ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जुन १० वर्षीय सशस्त्रद्वन्द्वमा मारिनेकोभन्दा बढी सङ्ख्या हो”, उहाँले भन्नुभयो, “गत वर्ष भएका २४ हजारभन्दा बढी सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।” उहाँले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सिता मिजारले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै यसको न्यूनीकरणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद सुशीला श्रेष्ठले भुस्याहा कुकुरका कारण सवारी दुर्घटना बढेको बताउनुभयो । उहाँले पैदल यात्रीलाई कुकुरको आक्रमणले असुरक्षित बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद स्वर्णीम वाग्लेले सवारी दुर्घटनामा तत्काल उद्धारका लागि सरकारको तयारीमा थप सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक संस्थाको क्षयीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति र संस्थाको सम्पत्ति जर्गेना गर्नका लागि उहाँले जोड दिनुभयो ।

सांसद सन्तोष परियारले विश्वविद्यालयका शिक्षकमाथि हुने भौतिक आक्रमण र हमलाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हरि ढकालले रामपुर कृषि विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग गर्नुभयो ।

सांसद हितराज पाण्डेले आन्दोलनरत विद्यालयस्तरका कर्मचारीको जायज माग सम्बोधन गर्न माग गर्नुभयो । सांसद सूर्य थापाले सार्वजनिक विद्यालयका कार्यालय सहयोगीका जायज माग पूरा गरी नियमित काममा फर्काउन माग गर्नुभयो ।

सांसद सुमना श्रेष्ठले बालमन्दिर आयोगको प्रतिवेदन छलफलमा राख्नुपर्ने माग गर्दै राजनीतिक संरक्षणमा हुने अनियमितताप्रति प्रश्नसमेत गर्नुभयो । सांसद सोनु मुर्मुले मोरङ जिल्लाका सन्थाल बालबालिकाका लागि विद्यालयमा सहज पठनपाठनको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद बीना लामाले विद्यार्थीलाई यातना दिने विद्यालय र शिक्षकलाई कारबाही गर्न माग गर्नुभयो ।

बैठकमा बिजुला रायमाझीले वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी ठोस योजना नल्याएको भन्दै आलोचना गर्नुभयो । सांसद विद्या भट्टराईले पोखरा महानगरपालिकामा ढल निकास तथा वर्षायामको पानीको उचित व्यवस्थापन गर्र्नतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले यसको दीर्घकालीन समाधानका लागि बृहत् योजना बनाई काम गर्न माग गर्नुभयो ।

सांसद बिनिताकुमारी सिंहले चुरेपर्वतको ढुङ्गा, बालुवा तथा गिट्टी उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य तत्काल रोक गर्न माग गर्नुभयो । सांसद विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचारको अवस्था भयावह बन्दै गएको भन्दै समयमा प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा नीतिगत भ्रष्टाचार फैलिएको भन्दै यसलाई अनुसन्धानको दायरामा समेट्नुपर्नेमा जोड दिनुभयो ।

सांसद श्यामकुमार घिमिरेले निर्माण आयोजना अलपत्र पार्ने ठेकेदार र काम सम्पन्न भइसक्दासमेत भुक्तानी नदिने सरकारमाथि कारबाही गर्ने गरी सार्वजनिक खरिद ऐनमा संशोधनको माग गर्नुभयो ।

सांसद शान्ति विकले जातीय विभेदका कारण हुने सामाजिक हिंसा र अन्यायप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शिव नेपालीले बागलुङका प्रभात बस्याललाई दलित भएकै कारण झुटो मुद्दा लगाइएको भन्दै गम्भीर छानबिनको माग गर्नुभयो ।

सांसद शेरबहादुर कुँवरले दार्चुलाको व्यास गाउँपालिका र टिङ्करलाई जनगणनामा समेट्न नसकेकोबारे जवाफ माग गर्नुभयो । सांसद शोभा ज्ञवाली पाँच सीमा नाका सञ्चालनको सम्झौताका बाबजुत बर्दियाको गुलरिया–मूर्तिया सीमानाका हालसम्म सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती सुब्बाले कृषिमा विभिन्न बीमाको प्रिमियम रकमको बक्यौता सरकारले तत्काल भुक्तानी गर्नुपर्ने बताउनुभयो । सांसद सराज अहमद फारुकीले कपिलवस्तुको औद्योगिक क्षेत्रलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न माग गर्नुभयो ।

सांसद सरिता भुसालले तराई जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशको उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद शान्ति चौधरीले वन्यजन्तु संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वतर्फ पनि सचेत हुनुपर्ने बताउनुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको जिल्लामा अनिवार्य एम्बुलेन्स सेवा उपलब्ध गराउन माग गर्नुभयो । सांसद सूर्यप्रसाद ढकालले वर्षायाम सुरु भए पनि मलको अभावमा कृषकले खेती लगाउन नसकेको बताउनुभयो ।

सांसद सूर्यमान तमाङ दोङले ट्राफिक व्यवस्थापनका नाममा काठमाडौँ महानगरपालिकाले नागरिकलाई सास्ती दिन नहुने बताउँदै किसानलाई समयमा मल उपलब्ध गराउनसमेत माग गर्नुुभयो ।

सांसद सोविता गौतमले देश जलवायु परिवर्तनको जोखिममा परेको बताउँदै यसका लागि राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय सन्धिको कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद हृदयराम थामीले सुर्खेत विमानस्थलको स्तरोन्नतिको माग गर्नुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले मन्त्रिपरिषद्को निर्णयअनुसार चितवन जिल्ला भरतपुर महानगरपालिकामा आधुनिक शिक्षक अस्पताल निर्माण योजना अलपत्र भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बीना जैसवालले नागरिकता नहँुदा नागरिकले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस