१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी
अ अ+ अ-

काठमाडौँ । सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आईतवार विश्व सिमसार दिवस मनाएको छ । सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवद्र्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताउनु भयो । उहाँले नेपालका सयौं तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पु¥याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘सिमसारको रुपमा नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ । नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्वपूर्ण क्षेत्रहरु छन् । म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन हामी गर्नसक्छौं । सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरु र सबै पक्षहरुको संरक्षण जरुरी छ । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भुमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्छ । सिमसारको संरक्षण गर्न सकिएन भने विभिन्न समस्याहरु बढ्दै जान्छन् । जस्तै अहिले जलवायु परिवर्तनका कारणले जसरि समस्या सिर्जना हुँदै गएका छन् । त्यसैगरी सिमसार क्षेत्रको संरक्षणका लागि हामीले समयमै ध्यान पु¥याउन सकेनौँ भने यसबाट धेरै समस्याहरु व्यहोर्नुपर्ने समस्या छ ।’

उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।