२६ श्रावण २०८३, मंगलवार
,
Latest
काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्रा नामक संस्था गठन



अ+ अ-

अमेरिका । अमेरिकाको बफेलो नायग्राफल्स क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुले नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्रा नामक संस्था गठन गरेका छन् ।

त्यस क्षेत्रमा रहेका नेपालीहरुबीच एकता आत्मियता र भाइचारा सम्बन्ध कायम गर्न संस्था गठन गरिएको बताइएको छ । लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आउनुभएका विष्णु काप्रीको अध्यक्षतामा गठन भएको संस्थामा उपाध्यक्ष–सुरेन्द्र बास्तोला, महासचिव– प्रमेश गिरी, सचिव सुमन बराल र कोषाध्यक्षमा ईना गौतम रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा संगीत बास्कोटा, हरि त्रिपाठी, कमल लामिछाने र यसोधा देवकोटा रहनुभएको छ । संस्थाको सल्लाहकारमा लोकनाथ अधिकारी, रामप्रसाद पाण्डे र रघु भट्टराई रहनुभएको छ ।

संस्थाले नेपाली कला संस्कृति र परम्परालाई जीवन्त राख्नका लागि विभिन्न अभियान सुरु गर्नुका साथै नयाँ पुस्तालाई नेपाली सस्कार र संस्कतिसँगै भाषा र सभ्यता सिकाउने लक्ष्यसमेत राखिएको जनाएको छ ।