१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: बजेटसम्बन्धी दुई अध्यादेश जारी



अ+ अ-

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश, २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८० जारी गर्नुभएको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

प्रदेश सरकारले कानूनी उल्झन आउने जोखिम देखेपछि बिहीबार नै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले प्रदेशसभाको चालु वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसक्नुभएको छ । बुधबार आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खापुङले प्रस्तुत गर्नुभएको थियो ।