• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला आठ सय रुपैयाँले घटेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएकोे थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। वुधबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।