२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० क्रिकेटमा एकै बलमा १८ रन बनेपछि…



अ+ अ-

एजेन्सी । तमिलनाडु प्रिमियर लिगको खेलमा अन्तिम ओभरको अन्तिम बलमा १८ रन बनेको छ । सलेम स्पार्टन्स र चेपौक सुपर गिलिजबीच भएको खेलमा सलेम स्पार्टन्सले पहिले फिल्डिङ गर्दै थियो ।

टोलीका कप्तान अभिषेक तन्वर अन्तिम ओभर गर्दै थिए । ओभरको ५ बलमा ८ रन मात्र बन्यो । चेपौक सुपर गिलिजले ५ विकेटमा १९१ रन बनाएको थियो । अन्तिम बलमा सञ्जय यादव स्ट्राइक एन्डमा थिए ।

एक बल बलिङ गर्न तन्वरले ५ बल बलिङ गरे । त्यसमा ३ नो बल र १ वाइड थियो । नो बलमा छक्का र एकमा दुई रन पूरा भयो । अभिषेकले सही बलमा बलिङ गर्दा सञ्जय यादवले उनलाई छक्का प्रहार गरे । यसरी एक बलमा कूल १८ रन बन्यो भने ओभरमा २६ रन बन्यो ।

अन्तिम ओभरको अन्तिम बलमा के भयो ?
१९.६ तन्वरले योर्कर प्रहार गरे, सञ्जय आउट भए । तर, अम्पायरले नो बल दिए ।
१९.६ तन्वरले फुल टस बल बलिङ गरे । सञ्जयले छक्का प्रहार गरे । अम्पायरले यसलाई पनि नो बल दिए ।
१९.६ तन्वरले फेरि योर्कर गरे । सञ्जयले दुई रन बनाए । अम्पायरले यसलाई समेत नो बल दिए ।
१९.६ तन्वरले वाइड बलिङ गरे ।
१९.६ तन्वरले योर्कर प्रहार गरे, सञ्जयले छक्का प्रहार गरे ।

यसअघि मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबीचको २०१२–१३ बिग ब्यासको खेलमा क्लिन्ट म्याकोयले एक बलमा १४ रन दिएका थिए । यस खेलमा मेलबर्न स्टार्सले पहिले ब्याटिङ गर्दै ३ विकेट गुमाएर २०३ रन बनाएको थियो । यससँगै होबार्ट हरिकेन्सले पछि ब्याटिङ गर्दै ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । होबार्ट हरिकेन्सको इनिङ्समा मेलबर्न स्टार्सका लागि क्लिन्ट म्याकोयले ५ औं ओभर गरेका थिए । ओभरको पाँचौं बलमा १४ रन बनेका थिए ।