५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० क्रिकेटमा एकै बलमा १८ रन बनेपछि…



अ+ अ-

एजेन्सी । तमिलनाडु प्रिमियर लिगको खेलमा अन्तिम ओभरको अन्तिम बलमा १८ रन बनेको छ । सलेम स्पार्टन्स र चेपौक सुपर गिलिजबीच भएको खेलमा सलेम स्पार्टन्सले पहिले फिल्डिङ गर्दै थियो ।

टोलीका कप्तान अभिषेक तन्वर अन्तिम ओभर गर्दै थिए । ओभरको ५ बलमा ८ रन मात्र बन्यो । चेपौक सुपर गिलिजले ५ विकेटमा १९१ रन बनाएको थियो । अन्तिम बलमा सञ्जय यादव स्ट्राइक एन्डमा थिए ।

एक बल बलिङ गर्न तन्वरले ५ बल बलिङ गरे । त्यसमा ३ नो बल र १ वाइड थियो । नो बलमा छक्का र एकमा दुई रन पूरा भयो । अभिषेकले सही बलमा बलिङ गर्दा सञ्जय यादवले उनलाई छक्का प्रहार गरे । यसरी एक बलमा कूल १८ रन बन्यो भने ओभरमा २६ रन बन्यो ।

अन्तिम ओभरको अन्तिम बलमा के भयो ?
१९.६ तन्वरले योर्कर प्रहार गरे, सञ्जय आउट भए । तर, अम्पायरले नो बल दिए ।
१९.६ तन्वरले फुल टस बल बलिङ गरे । सञ्जयले छक्का प्रहार गरे । अम्पायरले यसलाई पनि नो बल दिए ।
१९.६ तन्वरले फेरि योर्कर गरे । सञ्जयले दुई रन बनाए । अम्पायरले यसलाई समेत नो बल दिए ।
१९.६ तन्वरले वाइड बलिङ गरे ।
१९.६ तन्वरले योर्कर प्रहार गरे, सञ्जयले छक्का प्रहार गरे ।

यसअघि मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबीचको २०१२–१३ बिग ब्यासको खेलमा क्लिन्ट म्याकोयले एक बलमा १४ रन दिएका थिए । यस खेलमा मेलबर्न स्टार्सले पहिले ब्याटिङ गर्दै ३ विकेट गुमाएर २०३ रन बनाएको थियो । यससँगै होबार्ट हरिकेन्सले पछि ब्याटिङ गर्दै ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । होबार्ट हरिकेन्सको इनिङ्समा मेलबर्न स्टार्सका लागि क्लिन्ट म्याकोयले ५ औं ओभर गरेका थिए । ओभरको पाँचौं बलमा १४ रन बनेका थिए ।