२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक



अ+ अ-

काठमाडौँ। आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटलक यही साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ ।

कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका छन् । उनले रु १० लाख जितेका छन् । विजेता उपभोक्ता पुरस्कारतर्फ १३ जना छनोट भएका छन् ।

छनोट हुनेमा अनिषा फौदार खनाल, अमित राई, नरेन्द्रबहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कँडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ रहेका छन् ।

विजेता उपभोक्तामध्ये दुई वटा कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल समावेश नगरिएको विभागले जनाएको छ ।

छनोट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को दफा ९ बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा यही साउन २२ गते करदाता प्रोत्साहन उपहार कार्यक्रमका पहिलो चरणका विजेता कुपन घोषणत गरिएको थियो । रासस