• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

फेरि नयाँ नेकपा बनाउने कोसिस गर्दैछौँ– प्रधानमन्त्री



दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ नेकपा बनाउने कोसिस हुँदै गरेको बताउनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा हुँदै फेरि नयाँ नेकपासम्म पुग्न छलफल भइरहेको तर समाजवादी क्रान्ति सीधा र सरल नहुने बताउनुभयो ।

“नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताका प्रयास गर्दैछौँ”, उहाँले भन्नुभयो, “समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ ।”

तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने भन्दै उहाँले एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक रहेको बताउनुभयो ।