९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन: बैरागी काँइला

लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन: बैरागी काँइला
अ अ+ अ-

काठमाडौँ । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ ।

मंगलवार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताउनुभएको हो । उहाँले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताउनु भयो ।

उहाँले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताउनु भयो । उहाँले लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने बताउनु भयो। उहाँले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गर्नुभयो । उहाँले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोके बमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरुले अब विचार गर्नुपर्ने बताउनु भयो।

उहाँले पुरस्कार घोषणा भए बमोजिमको पुरस्कार पाउनुपर्ने बताउनु भयो । उहाँले अब सरकारलाई लेखकहरुले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताउनु भयो। उहाँले यो अवस्थाबाट आम नेपाली लेखकहरु पीडित रहेको बताउनु भयो । उहाँले नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्न चिज हुन् । पारिश्रमिक नियमित हुन्छ । त्यसमा ऐन बमोजिमको कर लाग्दा हुन्छ । पुरुस्कार भनेको फाटफुट पाइन्छ । २० वर्षमा पछि समेत पाइन्छ । गोरखापत्र स्थापना भएको ५० वर्षपछि उहाँले सम्मान पाउनुभयो । अनि के को पुरस्कारमा कर लगाउनु पर्‍यो । राज्यको कर लाग्ने नियमित आम्दानीमा हो । भेटेको पैसामा के को कर ? यस्तो कुरा पुरस्कार दिने संस्थानहरुले ध्यान दिनुपर्छ ।

मैले अहिलेसम्म धेरै पुरस्कारहरु पाए । तर कुनै पनि संस्थानहरुले तोकिएको आयकर कट्टा गरेर तोकिएको रकममा बाँकी रकम दिएन । एक लाख पुरस्कार घोषणा अनुसार एक लाख रुपैयाँ नै दियो । तोकेर दिने पुरस्कार बराबरको रकम दिनुपर्छ । कर कट्टी गर्ने रकम आफ्नै खातामा लगाउँदा हुन्छ । अब सरकारलाई लेखकहरुले कर कति दिनुपर्ने हो । १५ प्रतिशत हो वा २५ प्रतिशत हो । लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ । यो अवस्थाबाट आम लेखकहरु पीडित छन् । नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन नकिने भन्ने थाहा छ । त्यसैले गुनासो नगरी जति दिएपनि उनीहरुले लिने गर्छन् ।’

मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ । गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ ।