७ श्रावण २०८३, बिहीबार
,
Latest
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमका जहाज थप्न नदिन षड्यन्त्र भइरहेको मन्त्री किरातीको भनाइ



अ+ अ-

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ । नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने उनले बताए ।

नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किरातीले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको भन्दै नयाँ जहान नकिन्ने भए मन्त्रालय नै खारेज गरिदिए पनि हुने बताउनुभयो

मन्त्री किरातीले निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्ने नखुलाए पनि निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भएको बताउनुभयो ।

“जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ, किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ”, उहाँले भन्नुभयो ।

निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने उहाँको भनाइ थियो । निगमसँग साना–ठूला गरी कम्तीमा ५० वटा जहाज हुनुपर्ने बताउनुभयो ।

भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने उहाँले आश्वासन दिए । मन्त्री किरातीका अनुसार बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको छ।

उहाँले विमानस्थल नियमित र पूर्ण क्षमतामा सञ्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “भएका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन ।”