३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमका जहाज थप्न नदिन षड्यन्त्र भइरहेको मन्त्री किरातीको भनाइ



अ+ अ-

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ । नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने उनले बताए ।

नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किरातीले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको भन्दै नयाँ जहान नकिन्ने भए मन्त्रालय नै खारेज गरिदिए पनि हुने बताउनुभयो

मन्त्री किरातीले निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्ने नखुलाए पनि निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भएको बताउनुभयो ।

“जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ, किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ”, उहाँले भन्नुभयो ।

निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने उहाँको भनाइ थियो । निगमसँग साना–ठूला गरी कम्तीमा ५० वटा जहाज हुनुपर्ने बताउनुभयो ।

भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने उहाँले आश्वासन दिए । मन्त्री किरातीका अनुसार बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको छ।

उहाँले विमानस्थल नियमित र पूर्ण क्षमतामा सञ्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “भएका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन ।”