• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

के सपना देखे के हुन्छ, जान्नुहोस् के देखे राम्रो, के नराम्रो ?



एजेन्सी । सपना हरेक मानिस र जीवजन्तुले देख्ने गर्छन् र सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ । मानव मस्तिष्क र पशुपंक्षीको मस्तिष्कबीच यो फरक छ । पशुपंक्षीले सपना देखेको थाहै पाउँदैनन् वा निद्रा खुलेपछि सपना नै पूर्ण रूपमा बिर्सिहाल्छन् ।

त्यसैले उनीहरूमा सपनाको प्रभाव पनि शून्य हुन्छ । विपनामा पनि मानिसबाहेकका अन्य प्राणीलाई परिचित शत्रुहरूको आकृति, खतराको संकेत, शत्रुहरूका केही व्यवहारको ज्ञान र वर्तमान मौसमबारे थोरै ज्ञान हुन्छ । यसबाहेक खासै ज्ञान हुँदैन । मस्तिष्कको विकसित स्वरुप, प्रयोग र सपनाको प्रकारमा अनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छन् । मानव मस्तिष्क सर्वश्रेष्ठ भएकाले स्वभावले पनि हामीले सपना बढी देख्छौं । अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं ।

हामीले हाम्रो जीवनको एकतिहाइ काल सुतेर बिताउँछौं । हाम्रो हरेक रातको औसत दुई घन्टा सपनामा बित्छ । धेरैजसो सपना त हामीलाई याद नै हुँदैन । करिब चार प्रतिशत जति मात्र आंशिक या पूर्णरुपले याद हुन्छ । सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सन पुगिन्छ । प्रायः सपना २० मिनेटभित्र सकिन्छन् र हरेक मान्छेले दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ । घुरेका बेला भने सपना देखिँदैन । केहि सपनाले राम्रो फल दिन्छ भने केहि सपनाले नराम्रो र दुखद फल दिन्छ । हेर्नुहोस् तल केहि सपनाहरुको दिने फलका बारे जानकारी :

मोटो गोरु देखे – अन्न सस्तो हुने

चामल देखे – शत्रुता समाप्त

पूजा–पाठ गरेको देखे – समस्याको अन्त्य

शिशु चलेको देखे – रोकेको धन प्राप्त हुनसक्ने

कुनै फलको गुद्धि देखे – शीघ्र धन लाभ

खाटमा सुतेको देखे – गौरव प्राप्ति

हराभरा जंगल देखे – प्रसन्नता मिल्ने

खुला दरवार देखे – नयाँ व्यक्ति मित्रता बन्न सक्ने

बन्द दरवार देखे – धनको नोक्सान

खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

चश्मा लगाएको देखे – ज्ञान बढ्ने

महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति

पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

बत्ति बालेको देखे – नयाँ अबसर पाउने

आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

मासु – आकस्मिक धन लाभ

विदाई समारोह – धन–सम्पतीमा वृद्धि

भाचिएको छत देख्नु – हारेको धन प्राप्ति

सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

पन्जा देखे – अचानक धन लाभ

सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख

मैना देखे – उत्तम स्वास्थ्य

आभूषण देखे – कुनै काम पूरा हुने

जामुन खाएको देखे – समस्या टाढा हुने

जुवा खेलेको देखे – व्यापारमा लाभ

खच्चर देखे – धन सम्बन्धी समस्या

समाधि अरेको देखे – सौभाग्य प्राप्ति

आफै उडेको देखे – कुनै पनि समस्या हट्नु

लडाई देखे – प्रसन्नता प्राप्त

लडाईमा मरेको देखे – राज प्राप्तिको योग

गोबर देखे – पशुको व्यापारमा लाभ

सुपारी देखे – रोगबाट मुक्ति

लठ्ठी देखे – आराम प्राप्ति

खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

सलाई कोर्नु – धनको प्राप्ति

छाती वा आँखा मिच्नु देखे – धन लाभ

लाश देखे – बिमारी टाढा

चुरा देखे – सौभाग्य वृद्धि

धन उधारो देखे – अत्यधिक धन प्राप्ति

चन्द्रमा देखे – सम्मान मिल्ने

चांदी देखे – धन लाभ

खेतमा पाकेको गहु देखे – धन लाभ

फल–फूल खाएको देखे – धन लाभ

चश्मा लागेको देखे – ज्ञानमा वृद्धि

रातो फूल देखे – भाग्य चम्कन सक्ने

सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

नदीको पानी पिएको देखे – सरकारको लाभ

रोटी खाएको देखे – धन लाभ वा राजयोग

कपास देखे – निरोगी हुने

कुकुर देखे – पुरानो मित्रसंग मिलन

धनुष चढेको देखे – सुख सयल वृद्धि वा पदोन्नति

जमिनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि

घर बनाएको – प्रसिद्धि मिल्न सक्ने

घोडा देखे – संकट टाढा हुने

मोती देखे – पुत्री प्राप्ति

अनार देखेमा – धन प्राप्ति योग

गाडेको धन देखे – अचानक धन लाभ

बजार देखे – दरिद्रता टाढा हुने

मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने

लाश लगेको देखे – बीमारीबाट छुटकारा

घासको मैदान देखे – धन लाभको योग

पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ

पर्खाल देखे – सम्मान बढ्ने

झरना देखे – दुखको अन्त्य

बलेको दियो देखे – आयुमा वृद्धि

सूर्य देखे – पदोन्नति वा धनलाभ

चेक लेखेर दिने – धन मिल्ने

कुवामा पानी देखे – धन लाभ

आकाश देखे – पुत्र प्राप्ति

गोबर देखे – पशुको व्यापारमा लाभ

सुन्दरी स्त्री देखे – प्रेममा सफलता

छुरा देखे – सौभाग्य वृद्धि

कुवा देखे – सम्मान बढ्ने

गुरु देखे – सफलता मिल्ने

इन्द्रधनुष देखे – उत्तम स्वास्थ्य

मरेको मान्छे गाड्ने ठाउँ देखे – समाजमा प्रतिष्ठा

कमलको फूल देखे – रोगबाट छुटकारा

देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति

घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति

छुरी देखे – संकटबाट मुक्ति

बालक देखे – सन्तानको वृद्धि

चन्दन देखे – शुभ समाचार मिल्ने

जट्टाधारी साधु देखे – राम्रो समयको शुरुआत

त्रिशूल देखे – शत्रुबाट मुक्ति

तारामण्डल देखे – सौभाग्यको वृद्धि

सर्प दखे – धन लाभ

तपस्वी देखे – दान गर्ने अवसर

हुलाकी देखे – टाढाको आफन्त भेट

थप्पडी मारेको देखे – शत्रुसामु विजय

मसीको भाँडो – धन आगमन

आफ्नै आमा देखे – सम्मान प्राप्ति

हुलाक घर देखे – व्यापारमा उन्नति

नक्शा देखे – कुनै योजनामा सफलता

नुन देखे – स्वास्थ्यमा लाभ

बाटो देखे – समस्याका निराकरण

आफन्त देखे – उत्तम समयको शुरुआत

दम्पत्ति देखे – दाम्पत्य जीवन अनुकूलता

शत्रु देखे – उत्तम धनलाभ

तास देखे – समस्यामा वृद्धि

तीर देखे – लक्ष्यको वृद्धि

सुकेको घाँस देखे – जीवनमा समस्या

भगवान शिव देखे – विपत्तिको नाश

न्याउरी मुसा देखे – शत्रुभयबाट मुक्ति

टोपी जस्तो देखे – मान–सम्मान वृद्धि

दूध देखे – आर्थिक उन्नति

मंदिर देखे – धार्मिक कार्यमा सहयोग

नदी देखे – सौभाग्य वृद्धि

निलगाई देखे – भौतिक सुखको प्राप्ति

बेलपत्र देखे – धन–धान्य वृद्धि

आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने

पुजा गरेको देखे – कुनै योजनामा लाभ

पिर गरेको देखे – अत्यधिक शुभ फल

गाईको बाछा देखे – कुनै अनौठो घटना हुने

वसन्त ऋतु देखे – सौभाग्य वृद्धि

स्वर्ग देखे – भौतिक सुखमा वृद्धि

पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने

स्वस्तिक देखे – धन लाभ

भाई देखे – नयाँ मित्र बन्न सक्ने

मह देखे – जीवनमा अनुकूलता

स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति

रुद्राक्ष देखे – शुभ समाचार मिल्ने

पैसा देखे – धन लाभ

सुगा देखे – सौभाग्य वृद्धि

अलैंची देखे – मान–सम्मान प्राप्ति

सरस्वतीको दर्शन – बुद्धि बिबेक वृद्धि

कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति

छेपारो देखे – घरमा चोरी हुनसक्ने

चरा देखे – नोकरीमा पदोन्नति

कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद

दूध दिने भैसी देखे – उत्तम अन्न लाभ

खाली थाल देखे – धन प्राप्ति योग

गुड खाएको देखे – राम्रो समय आउने संकेत

शिंह देखे – शत्रु सामू विजय

हात्ती दखे – ऐश्वर्य प्राप्ति

ऊट देखे – धन लाभ

सूर्य देखे – खास व्यक्तिसँग भेट

औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुनसक्ने

आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने

आप खाएको देखे – धन प्राप्त

अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त

९ज्ञद्धद्ध० चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ

बादल देखे – चाडै बढुवा हुन् सक्ने

घोडा चढेको देखे – व्यापारमा उन्नति

एनामा अनुहार हेरेको देखे – कुनै महिलासंगको प्रेम

बगैचा देखे – खुसी मिल्ने

कपाल काटेको देखे – ऋणबाट छुटकारा

ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु

बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने

आफै हासेको देखे – कसैसंग विवाद हुनसक्ने

आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने

फूल देखे – प्रेममा मिलन

शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग

पुलमा यात्रा – समाजको हितमा काम हुने

प्यास लागेको देखे – लोभ बढ्ने

पान खाएको देखे – सुंदर स्त्री प्राप्ति

पानीमा डुबेको देखे – राम्रो कार्य हुने

धनी व्यक्ति देखे – धन प्राप्ति योग

बादाम खाएको देखे – धन प्राप्ति

अण्डा खाएको देखे – पुत्र प्राप्ति

आफ्नै सेतो कपाल देखे – आयु बढ्ने

बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने

पहाड़ चढेको देखे – उन्नति मिल्ने

तरवार देखे – शत्रुसँग विजय

हरियो साग देखे – प्रसन्न हुने

तोप देखे – शत्रु नष्ट

धनुष चलाएको देखे – इच्छा पूर्ण हुने

कोइली देखे– सम्मान वृद्धि