९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैन: अध्यक्ष नेपाल

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैन: अध्यक्ष नेपाल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको बताउनु भयो । उहाँले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताउनु भयो । उहाँले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गर्नुभयो । उहाँले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन् । अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो । यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन । कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो । कमजोरीप्रति आँखा चिम्लिने पनि होइन । त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन ।’

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले आफ्नो महत्व र भुमिकालाई अस्स्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने बताउनु भयो ।