१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गद्वारी दर्शन गरी फर्केको कार दुर्घटना हुँदा तीन बालबालिकासहित ८ जनाको मृत्यु



अ+ अ-

दाङ । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको कार दुर्घटना हुँदा तीन बालबालिकासहित ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी नपा–४ उपल्लो भिङ्रीमा लु १ च ६३४५ नम्वरको कार भीरबाट खसेर दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परेको ८ जना नै दाङको लमही– ५ का रहेका प्रहरीले बताएको छ । जसमा लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।