९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नेकुरा गलत छ: महासचिव पोखरेल

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नेकुरा गलत छ: महासचिव पोखरेल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नेकुरा गलत रहेको बताउनुभएको छ ।

सोमवार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीति: अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताउनुभएको हो ।

उहाँले नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत केन्द्रिय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताउनु भयो । उहाँले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत उहाँलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले स्थगन गरेका छौँ । तर त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्नेकुराका सन्दर्भमा प्रश्न उठाउनुपर्ने विषय नै होइन ।

नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रुपमा नेकपा एमाले छ । चाहे नेपाली काँग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिष्ट पार्टीहरुका बारेमा । पुष्पकमल दाहाल प्रचण्डजी २०४५ सालदेखि लगातार प्रमुख नेतामा हुनुहुन्छ । हाम्रो पार्टी भित्र ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली हुनुहुन्छ । एकतातिर एक जनामात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने होइन ।’

महासचिव पोखरेलले विकास र समृद्धिको लागि नेकपा एमाले देशका लागि अपरिहार्य हो भन्नेकुरा प्रमाणित भएको बताउनु भयो । उहाँले भारतले नयाँ संसद भवनमा राखेको नेपाली भूमि समेटिएको नक्शाबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रश्तुत गर्ने बिडम्वना देखिएको बताउनु भयो ।