२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्षित घरानामा करका दर केन्द्रित छैनन्: अर्थमन्त्री डा महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले करका दरहरु कुनै घरानाको स्वार्थ पूरा गर्न लक्षित नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उहाँले समग्रमा करका दरहरुको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित रहेको बताउनुभयो ।

नेपालमा भ्याट संकुचन हुँदै गएको र भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको उहाँको भनाइ थियो ।

“भ्याटलाई हरेक वर्ष हटाउँदै गयौँ, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभावित भयो, पुन: प्रवेश गराउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा महतले आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको जानकारी दिनुभयो ।

एकातर्फ आलु/तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको उहाँले गुनासो गर्नुभयो । उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको भन्दै उहाँले यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने भनाइ राख्नुभयो ।