२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.82

Wind: 1.54

Humidity: 41

Latest
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै सरकारले गति लिन सकेनः महामन्त्री थापा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद महासंघको आपत्ति चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार



अ+ अ-

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब रु ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । “चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको रु २० अर्ब र सङ्घीय सरकारले दिने रु १५ अर्ब गरी करिब रु ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।”

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उहाँको भनाइ छ । “अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । सङ्घ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो”, अर्थ सचिव भट्टराईले भन्नुभयो ।

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रु ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

गत मङ्गलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भइ गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।रासस