३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन



अ+ अ-

काठमाडौं ।आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतमाथि सानदार जित निकाल्दै अष्ट्रेलियाले उपाधि हात पारेको छ । घरेलु मैदानमा आयोजित फाइनल खेलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अष्ट्रेलियाले जितको लागि दिएको ४ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै २ सय ३४ रनमा अल आउट भयो । भारतका लागि विराट कोहलीले ७८ बलमा ७ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । स्कट बोल्यान्डले एउटै ओभरमा बिराट कोहली र रविन्द्र जडेजालाई आउट गरेपछि भारतको आशा लगभग समाप्त भएको थियो ।

यस्तै, अजिंक्या रहाणे १ सय ८ बलमा ४६ रन बनाएर आउट भए । भारतकाओपनर शुभमन गिल र कप्तान रोहित शर्माले ७।१ ओभरमा ४१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । गिल १९ बलमा २ चौका प्रहार गर्दै स्कट बोलान्डको बलमा स्लिपमा क्यामरन ग्रीनबाट क्याच आउट हुँदै पेभेलिएन फर्के । आक्रामक ब्याटिङ गरेका कप्तान शर्मा ६० बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट तथा स्कट बोल्यान्डले ३ विकेट लिएका थिए । मिचेल स्टार्कले २ र कप्तान प्याट कुमिन्सको खातामा एक विकेट गयो ।

पहिलो इनिङमा नै अष्ट्रेलियाले जितको आधारशीला बनाएको थियो । स्टिभन स्मिथ र ट्राभिस हेडबीच २८५ रनको विशाल साझेदारीको मद्दतमा अष्ट्रेलियाले ४६९ योगफल बनाउन सफल रहदा भारत पहिलो इनिङमा २९६ रनमा अलआउट भयो । पहिलो इनिङमा १६९ रन बनाएको ट्राभिस हेड म्यान अफ दि फाइनल बनेका छन् ।

भारत लगातार दोस्रोपटक टेस्ट च्याम्पियनसीपको फाइनलमा पराजित भएको हो । पहिलो संस्करणमा भारतलाई हराउँदै न्यूजिल्यान्ड विजेता भएको थियो ।