९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

बजेटबारे गोकर्ण बिष्टको टिप्पणी: जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन

बजेटबारे गोकर्ण बिष्टको टिप्पणी: जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

उहाँले सरकारले प्रश्ततु गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हँुदैन भने जस्तै रहेको टिप्पणी गर्नुभएको हो । आईतवार उहाँले संसदमा प्रश्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले बजेट औपचारिकतामा मात्रै सिमित भएको बताउनु भयो ।

उहाँले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताउनु भयो । सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको बताउनु भयो। उहाँले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतिलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गर्नुभयो । उहाँले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट,प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको बताउनु भयो।

उहाँले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताउनु भयो। सचिव बिष्टले न्याय स्थापित गर्नेगरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री,प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहँुच भएका जिल्ला मात्रै बजेट जाने बताउनु भयो । उहाँले सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै प्रश्न गर्नुभयो । सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताउनु भयो । उहाँले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समिक्षा गर्नुपर्ने बताउनु भयो। उहाँले राज्यको भुमिका झनै कमजोर बनिरहेको भन्दै सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,’सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट औपचारिकतामा मात्रै सिमित छ । केही पहँुचवाल व्यक्तिहरुको जिल्लामा पुर्‍याउने हिसावमा मात्रै केन्द्रित छ । आम नागरिकको लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात भने जस्तै कुनै उत्साह पैदा गर्न सकिरहेको छैन । यो बजेटले अर्थतन्त्रमा गति ल्याउने अवस्था देखिँदैन । बजेटले विद्यमान आर्थिक संकट मन्दी र चुनौतिलाई सम्बोधन गर्न सक्दैन । सरकारले ल्याएको बजेटबाट धेरै आशा गर्नु भनेको व्यर्थ मात्रै हो ।

जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै यो बजेटले समस्याको सम्बोधन गर्न सक्दैन । अर्थमन्त्री प्रकाशशरण महतको जिल्ला नुवाकोट,प्रधानमन्त्री पुष्पकमल दाहालको गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग भन्ने कुराहरु बाहिर आएका छन् । विधि मापदण्ड विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन सक्दैन । न्याय स्थापित गर्ने गरी बजेट ल्याउन सकिदैन भने जहाँ अर्थमन्त्री,प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहँुज भएका देशमा मात्रै बजेट जाने बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र उनीहरुको विकास हुने । आज यही बेथितिको लागि लोकतन्त्र ल्याएका हौं । बजेटमा सरकारले परिमार्जन गर्न आवश्यकता छ । बजेट निर्माणमा कहाँ

चुक्यो भनेर सरकारले समिक्षा गर्नुपर्छ । हामीले आर्थिक उदारिकरणको नाम,खुला बजार अर्थव्यवस्थाको नाममा बजारमुखी अर्थतन्त्रलाई आत्मासाथ गरिरहका छौं । राज्यको भूमिका झन झन कमजोर बनिरहेको छ । हामीले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था छ ।’

उहाँले दैनिक जीवनमा सर्वसाधरण जनताले प्रयोग गर्ने आलु,प्याज लगायतका कृषिजन्य वस्तुमा १३ प्रतिशत कर लगाउँदा बजारमा मूल्यवृद्धि भएको बताउनु भयो । उहाँले सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने भनेपनि बजारमा मूल्य जनताको पहँुच भन्दा माथि पुगेको बताउनु भयो । उहाँले सामान्य अवस्थामा रहेक जनतालाई आलु,प्याज लगायत कृषिजन्य वस्तुमा लगाएको करले चुनौति पैदा गरेको बताउनु भयो । सचिव बिष्टले आगामी आर्थिक वर्षमा ११ प्रतिशतसम्म मूल्यवृद्धि पुग्ने संकेत गरेको उल्लेख
गर्नुभयो।

उहाँले वर्तमान सरकार न्युन आय भएका गरिब जनताप्रति सम्बेदनशिल नभएको आरोप लगाउनु भयो। उहाँले सरकारले जनताको संरक्षण र समाजिक न्यायको भुमिका निर्वाह गर्नुपर्ने भएपनि भोजन मागेका जनतालाई सरकारले महँगी दिएको बताउनु भयो। उहाँले वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट गरिवका लागि नरहेको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारले ल्याएको बजेटले गरिवी जनतामा असमानता बढाएको बताउनु भयो ।