६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटबारे गोकर्ण बिष्टको टिप्पणी: जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

उहाँले सरकारले प्रश्ततु गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हँुदैन भने जस्तै रहेको टिप्पणी गर्नुभएको हो । आईतवार उहाँले संसदमा प्रश्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले बजेट औपचारिकतामा मात्रै सिमित भएको बताउनु भयो ।

उहाँले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताउनु भयो । सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको बताउनु भयो। उहाँले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतिलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गर्नुभयो । उहाँले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट,प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको बताउनु भयो।

उहाँले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताउनु भयो। सचिव बिष्टले न्याय स्थापित गर्नेगरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री,प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहँुच भएका जिल्ला मात्रै बजेट जाने बताउनु भयो । उहाँले सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै प्रश्न गर्नुभयो । सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताउनु भयो । उहाँले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समिक्षा गर्नुपर्ने बताउनु भयो। उहाँले राज्यको भुमिका झनै कमजोर बनिरहेको भन्दै सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,’सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट औपचारिकतामा मात्रै सिमित छ । केही पहँुचवाल व्यक्तिहरुको जिल्लामा पुर्‍याउने हिसावमा मात्रै केन्द्रित छ । आम नागरिकको लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात भने जस्तै कुनै उत्साह पैदा गर्न सकिरहेको छैन । यो बजेटले अर्थतन्त्रमा गति ल्याउने अवस्था देखिँदैन । बजेटले विद्यमान आर्थिक संकट मन्दी र चुनौतिलाई सम्बोधन गर्न सक्दैन । सरकारले ल्याएको बजेटबाट धेरै आशा गर्नु भनेको व्यर्थ मात्रै हो ।

जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै यो बजेटले समस्याको सम्बोधन गर्न सक्दैन । अर्थमन्त्री प्रकाशशरण महतको जिल्ला नुवाकोट,प्रधानमन्त्री पुष्पकमल दाहालको गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग भन्ने कुराहरु बाहिर आएका छन् । विधि मापदण्ड विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन सक्दैन । न्याय स्थापित गर्ने गरी बजेट ल्याउन सकिदैन भने जहाँ अर्थमन्त्री,प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहँुज भएका देशमा मात्रै बजेट जाने बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र उनीहरुको विकास हुने । आज यही बेथितिको लागि लोकतन्त्र ल्याएका हौं । बजेटमा सरकारले परिमार्जन गर्न आवश्यकता छ । बजेट निर्माणमा कहाँ

चुक्यो भनेर सरकारले समिक्षा गर्नुपर्छ । हामीले आर्थिक उदारिकरणको नाम,खुला बजार अर्थव्यवस्थाको नाममा बजारमुखी अर्थतन्त्रलाई आत्मासाथ गरिरहका छौं । राज्यको भूमिका झन झन कमजोर बनिरहेको छ । हामीले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था छ ।’

उहाँले दैनिक जीवनमा सर्वसाधरण जनताले प्रयोग गर्ने आलु,प्याज लगायतका कृषिजन्य वस्तुमा १३ प्रतिशत कर लगाउँदा बजारमा मूल्यवृद्धि भएको बताउनु भयो । उहाँले सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने भनेपनि बजारमा मूल्य जनताको पहँुच भन्दा माथि पुगेको बताउनु भयो । उहाँले सामान्य अवस्थामा रहेक जनतालाई आलु,प्याज लगायत कृषिजन्य वस्तुमा लगाएको करले चुनौति पैदा गरेको बताउनु भयो । सचिव बिष्टले आगामी आर्थिक वर्षमा ११ प्रतिशतसम्म मूल्यवृद्धि पुग्ने संकेत गरेको उल्लेख
गर्नुभयो।

उहाँले वर्तमान सरकार न्युन आय भएका गरिब जनताप्रति सम्बेदनशिल नभएको आरोप लगाउनु भयो। उहाँले सरकारले जनताको संरक्षण र समाजिक न्यायको भुमिका निर्वाह गर्नुपर्ने भएपनि भोजन मागेका जनतालाई सरकारले महँगी दिएको बताउनु भयो। उहाँले वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट गरिवका लागि नरहेको दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारले ल्याएको बजेटले गरिवी जनतामा असमानता बढाएको बताउनु भयो ।