• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

आज छापावाल सुन अघिल्लो दिन अर्थात् शुक्रबार कै मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी शुक्रबार कै मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।