१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी १७ वर्षीया युवती कुकुर बचाउन भालु लखेट्न गएपछि…



अ+ अ-

एजेन्सी । यो क्यालिफोर्नियाको एक १७ वर्षीया युवतीले एउटा भालु लखेटेकी छन् । उनेले भनिन्, "म भालु तिर दौडिएँ र मेरो मनमा आएको पहिलो कुरा भनेको त्यसलाई उभिरहेको पर्खालबाट ठेल्नुपर्छ भन्ने थियो ।"

क्यालिफोर्नियामा घरपछाडि आफ्ना कुकुरले भुक्न थालेपछि १७ वर्षीया हेली मोरिनिको के भएछ भनेर हेर्न गइन्।

घरपछाडिको पर्खालमा उनले एउटा ठूलो भालु देखिन् र कुकुर बचाउन दौडेर भालुलाई घचेटि दिइन् । त्यसो गर्दा भालु भाग्यो र कुकुरलाई कुने चोट नआएको उनले बताइन् । 

उनी आफू भाग्यले गर्दा कुनै चोटपटकबिना सो घटनाबाट बचेको बताउँछिन्। तर अरुलाई भालु नजिक गएर नघच्ट्न आग्रह गर्दै त्यसो गरेमा तपाई अभागी पनि बन्न सक्नुहुन्छ भनि सचेत गराएकी छन् ।