६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्यान्डविरुद्ध नेपालको मध्यम सुरुवात



अ+ अ-

काठमाडौं । नेपालले स्कटल्यान्डविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा मध्यम सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा १ विकेट गुमाउँदै ५२ रन बनाएको छ ।

अहिले नेपालका ओपनर आसिफ शेख र भीम सार्की क्रिजमा रहेका छन् । आसिफले २८ बलमा २४ रन बनाएका छन् भने भीमले ८ बलमा ८ रन जोडेका छन् ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।