१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो हावा ‘लू’ को दीर्घकालीन समाधानका निम्ति सरकारले के गरिरहेको छ ?– प्रदीप पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशव्यापि रुपमा तापक्रम बढ्दा जनजीवन प्रभावित भएको बताएका छन् ।

प्रतिनिधि सभामा बिहीबार शून्य समयमा बोल्दै उनले देशभर तापक्रम बढेकोले त्यसबारे सरकारको तयारी के हो भनेर प्रश्न गरेका छन्।

उनले तातो हावा लु चल्न थालेको र यसले जनजीवन प्रभावित पारेको बताउदै भने, ‘विद्यालयहरु बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेका छन् । धानको बिउ सुकेको छ । जमिनमुनिको पानीको सतह घटेको छ । अशुद्ध पानीका कारण महामारी फैलने जोखिम बढेको छ । यसको तत्कालीन र दीर्घकालीन समाधानका निम्त सरकारले के गरिरहेको छ रु’

उनले अझै एक हप्ताभन्दा बढी समय यस्तो हुने देखिएकोले दैनिक ज्यालादारी गरेर खानुपर्ने मजदुरहरुको अवस्था असाध्यै दयनीय बनेको बताए ।