९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

उत्पादन सम्बन्धमा परिवर्तन भएपनि समाजलाई दिशा दिने विषयमा राजनीति असफल: शंकर पोखरेल

उत्पादन सम्बन्धमा परिवर्तन भएपनि समाजलाई दिशा दिने विषयमा राजनीति असफल: शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँको नाममा शुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताउनुभएको छ ।

उहाँले राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई स्पष्ट रुपमा अगाडी बढाउन नसक्दाको परिणामस्वरुप केही पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजिवादको पोषण पक्षधर रहेको बताउनुभएको हो ।

नयाँको नामबाट शुरु भएका राजनीतिक दलहरु यथास्थितिवादलाई पोषण गर्ने बाहेक अन्य ठोस आधार र धरातल नभएको बताउनु भयो । महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रुपमा कहिलेकाहीँ पपुलिष्टहरु राजनीतिमा आउने गरेपनि समाज परिवर्तनको आकांक्षाहरुलाई सम्बोधन गर्न र समाजका समस्याहरुलाई समाधान गर्न नसक्ने दाबी गर्नुभयो । समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहोर्‍याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उहाँको ठम्याइ छ ।

उहाँले भन्नुभयो, ‘नयाँ भनिने पार्टीहरु न त विचारधारात्मक जगमा खडा भएका छन् । न त उनीहरुको समस्या समाधान गर्नका लागि व्यवस्थित कुनै सोचहरु रहेका छन् । न त उनीहरु समाजलाई नीतिगत रुपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अगाडी बढ्न खोजिरहेका छन् । विशुद्ध रुपमा उनीहरु नयाँ र पुरानोको भाष्य खडा गरिकन हामी त नयाँ हौँ भन्ने अर्थमा आफूलाई प्रश्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस गरिरहेका छन् ।’

‘नयाँको नाममा शुरु भएको पलुलिष्ट जुन प्रकारको राजनीति छ, यो राजनीति भनेको यथार्थतामा भन्नुहुन्छ भने यथास्थितिवादलाई पोषण गर्ने कुरा मात्रै हो । व्यापारिक पुँजिवादलाई पोषण गर्ने कुरा मात्रै हो । दलाल नोकरशाही पुँजिवादलाई पोषण गर्ने कुरा मात्रै हो । समाजलाई परिवर्तनको दिशातर्फ, समृद्ध समाजतर्फ अगाडी बढाउने हो भने हामीले कुन प्रकारका नीतिका आधारमा समाजलाई त्यो बाटोमा अगाडी बढाउने भन्ने प्रश्नका सन्दर्भका बारेमा नीतिगत वहस गर्नै पर्दछ । वैचारिक वहस गर्नै पर्दछ ।’

उहाँले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरु विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुविकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरु उत्पन्न नहुने बताउनु भयो । राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई अगाडी बढाउन नसक्दाको परिणामको रुपमा अहिले पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आएको बताउनु भयो । पपुलिष्टहरुले कहिलेपनि समाजका समस्याहरुलाई समाधान गर्न नसक्ने उहाँको दाबी छ । नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसावबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय जनतामा जुन प्रकारका असन्तुष्टि र निराशाहरु देखा परेका छन्, त्यसमा स्वभाविक रुपमा हामीले विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणामका रुपमा रहेका छन् । राजनीतिक दलहरुले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुविकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरु उत्पन्न हुनसक्ने थिएनन् । राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई अगाडी बढाउन नसक्दाको परिणामको रुपमा हेर्नुहुन्छ भने आज पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आउन खोजिरहेको अवस्था छ । तर हामीले बुझ्नुपर्ने कुरा समाजमा असन्तुष्टिको विकल्पका रुपमा कहिलेकाही पपुलिष्टहरु आउने गर्दछन् ।’

‘तर पपुलिष्टहरुले कहिलेपनि समाजका समस्याहरुलाई समाधान गर्न सक्दैनन् ।वा समाज परिवर्तनको आकांक्षाहरुलाई सम्बोधन गर्न सक्दैनन् । समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहोर्‍याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत मान्यता हो । राजनीति आफैँमा एउटा विज्ञान हो । राजनीति गर्न चाहनेहरु राजनीतिक विज्ञान अन्तर्गत राजनीतिक संघर्षको माध्यमबाट आफूलाई स्थापित गर्न सक्नुपर्दछ । त्यो संघर्षको प्रक्रियाबाट गुज्रन तयार हुनुपर्दछ । नीतिगत मान्यताका आधारमा स्पष्ट लक्ष्य र उद्देश्यका साथ गरिने कामहरुले मात्रै समाजलाई सही प्रकारको बाटो देखाउन सक्दछन् भन्नेकुरालाई हामीले बुझ्नु जरुरी छ । त्यसका आधारमा नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसाबले अगाडी बढाउनुपर्ने आवश्यकता छ ।’

महासचिव पोखरेलले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक क्रान्तिका समयमा सबै दलहरु मिलेर अघि बढे जसरी नै समृद्धिका लागि, विकासका लागि राजनीतिक दलहरु एक हुन जरुरी रहेको बताउनु भयो । उहाँले साना पार्टीहरुले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रुपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीति बिहीनतातिर लैजाने गरेको आरोप लगाउनु भयो । उहाँले यस्ता गतिविधिलाई अन्त्य गर्न एक्लाएक्लै चुनाव लड्न जरुरी रहेको उल्लेख गर्नुभयो । राजनीतिलाई विकृत बनाउन साना दलहरुले खेलिरहेको भुमिकाबाट राजनीतिलाई जोगाउन काँग्रेस नेतृत्व तयार नहुँदा अहिलेको राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद निर्माण भएको उहाँको बुझाइ छ ।

उहाँले भन्नुभयो, ‘अब हामीले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्दछ । जसरी हामी राजनीतिक क्रान्तिका समयमा दलहरु मिलेर अगाडी बढ्यौँ । समृद्धिका लागि, विकासका लागि राजनीतिक दलहरु मिल्ने होइन । राजनीतिक दलहरुका बीचमा नीतिगत प्रतिष्पर्धाको आवश्यकता पर्दछ भन्नेकुराको सच्चाइलाई आत्मसाथ गर्नु जरुरी छ । गएको चुनावको समयमा पनि हामीले नेपाली काँग्रेसलाई भनेका थियौँ, साना पार्टीहरुले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रुपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीति बिहीनतातिर लैजाने जुन प्रकारको भुमिका खेलिरहेका छन्, यसलाई बदल्नका लागि नेपाली काँग्रेसपनि एक्लै चुनाव लड्ने संकल्प गर्नुपर्दछ । नेकपा(एमाले) पनि एक्लै चुनाव लड्नका लागि तयार छ । त्यसअर्थमा एउटा चुनाव हामी एक्लाएक्लै लडेर नेपालका साना दलहरुले नेपालको राजनीतिलाई विकृत बनाउनका लागि जुन प्रकारको भुमिका खेलिरहेका छन्, त्यसबाट नेपालको राजनीतिलाई जोगाउनु पर्दछ भन्ने मान्यताको पैरवी गर्‍यौँ तर नेपाली काँग्रेसको नेतृत्व तयार नहुँदाखेरी आज जुन प्रकारको संसद निर्माण भएको छ त्यो संसद राष्ट्रको समस्या समाधान गर्नको लागि सक्षम हुँदैन भन्नेकुराको महशुस सबैलाई भइराखेको छ । त्यसकारण नेपालमा राजनीतिक ध्रुविकरणको माध्यमबाट अगाडी बढ्नु जरुरी छ ।’

निर्वाचनलाई राजनीतिक परिवर्तनको रुपमा प्रयोग गर्न नसकिएकोप्रति उहाँले दु:खेसो गर्नुभयो । उहाँले समाजको आवश्यक्ता समयमा बुझ्न नसक्दा अहिले पपुलिस्टहरुको राजनीति उदाएको नेता पोखरेलले टिप्पणी गर्नुभयो । उत्पादन सम्बन्धमा परिवर्तन भएपनि समाजलाई दिशा दिने विषयमा राजनीति असफल भइरहेको उहाँको बुझाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक क्रान्तिको अपूर्णतालाई सम्बोधन गर्ने माध्यमका रुपमा हामीले आवधिक रुपमा सम्पन्न हुने चुनावलाई लिनुपर्दछ । त्यसअर्थमा चुनाव हाम्रो लागि अत्यन्त महत्वपूर्ण विषय हो । त्यो चुनाव, चुनावका लागि मात्रै होइन भन्नेकुरालाई बुझ्नु जरुरी छ । राजनीतिक क्रान्तिले ल्याउन नसकेको परिवर्तन सम्पन्न गर्ने अभिभारा चुनावका माध्यमबाट निर्वाचित भएका जनप्रतिनिधिको काँधमा रहन्छ भन्नेकुरालाई हामीले ठिक ढंगले आत्मसाथ गर्न सकेनौँ भने नेपाली समाजको विकास र रुपान्तरणको हाम्रो आकांक्षा पनि पूरा गर्न सकिँदैन । तर दुर्भाग्यको कुरा हामीले नेपालका सन्दर्भका कुरा गर्दा चुनावलाई राजनीतिक परिवर्तनको माध्यमका रुपमा स्थापित गर्न सकेनौँ । जसका कारणले गर्दा चुनाव पछाडी मुलुकले जुन प्रकारले सही दिशा प्राप्त गर्न सक्नुपर्दथ्यो त्यो सही दिशा प्राप्त गर्न नसकेको अवस्था नेपाली राजनीतिको यथार्थताको रुपमा रहेको छ ।

महासचिव पोखरेलले व्यापारिक पुँजिवादमा आश्रित बन्न पुगेको नपालको अर्थतन्त्रलाई स्वाधिन अर्थतन्त्रमा बदल्न सक्नुपर्ने बताउनु भयो । उहाँले नपालको अर्थतन्त्रलाई स्वाधिन अर्थतन्त्रमा बदल्नसके मात्रै नेपालको राजनीतिक प्रणाली बलियो हुने आधार बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘व्यापारिक पुँजिवादमा आश्रित बन्न पुगेको जुन प्रकारको हाम्रो अर्थतन्त्र छ, त्यसलाई स्वाधिन अर्थतन्त्रमा बदल्न सक्नुपर्दछ । तबमात्रै हाम्रो बदलिएको जुन प्रकारको राजनीतिक प्रणाली छ, त्यो राजनीतिक प्रणाली बलियो हुने आधार तयार हुन्छ ।’

महासचिव पोखरेलले उत्पादक शक्तिको पाँच वटा पक्षहरुमा विशेष जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बदलिएको उत्पादनलाई सम्बन्ध, बजारको माग र जनशक्ति निर्माण गर्ने हिसावका आधारमा शिक्षा व्यवस्थामा परिवर्तन गर्न नसकेसम्म राष्ट्र अगाडी बढ्न नसक्ने बताउनु भयो । मानिसलाई उत्पादनका काममा सबल र सक्षम बनाउने कुराको आधार भनेको शिक्षा व्यवस्था भएपनि नेपालको आवश्यकताका आधारमा जनशक्ति निर्माण गर्ने काम नेपालको शिक्षा व्यवस्थाले गर्न नसकेको बताउनु भयो । उहाँले समाजलाई विकसित बनाउन शिक्षा व्यवस्थामा आमुल परिवर्तन आवश्यक रहेको बताउनु भयो । प्राविधिक र व्यवसायिक शिक्षातर्फ समाजलाई डोर्‍याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म हामीले बदलिएको उत्पादन सम्बन्धका आधारमा, बजारको डिमान्डका आधारमा जनशक्ति निर्माण गर्ने हिसावले शिक्षा व्यवस्थामा परिवर्तन गर्न सक्दैनौँ, राष्ट्र अगाडी बढ्न सक्दैन । मानिसलाई उत्पादनका काममा सबल र सक्षम बनाउने कुराको आधार भनेको शिक्षा व्यवस्था हो । तर हाम्रो शिक्षा व्यवस्था परम्परागत प्रकारको छ । एकप्रकारले भन्ने हो भने बेरोजगार उत्पादन गर्ने शिक्षा व्यवस्थाको रुपमा रहेको छ । नेपालको आवश्यकताका आधारमा जनशक्ति निर्माण गर्ने काम नेपालको शिक्षा व्यवस्थाले गर्न सकिरहेको छैन । समाजलाई विकसित बनाउने हो भने, समाजलाई परिवर्तनको दिशामा अगाडी बढाउने हो भने शिक्षा व्यवस्थामा आमुल परिवर्तन आवश्यक छ भन्नेकुरालाई हामीले गहिरोगरी आत्मसाथ गर्नु जरुरी छ । त्यसका आधारमा अगाडी बढ्नु जरुरी छ । र विशेषगरी प्राविधिक र व्यवसायिक शिक्षातर्फ समाजलाई डाहोर्‍याउनु जरुरी छ ।’

स्वस्थ नागरिक निर्माण, स्वास्थ्य पूर्वाधारको उपलब्धता, नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभुति पाउनुपर्ने बताउनु भयो । उहाँले शारीरिक र मानसिक रुपमा सबल नागरिकहरुको निर्माण गर्नेकुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वस्थ नागरिक निर्माण । स्वास्थ्य पूर्वाधारको उपलब्धता । नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभुति पाउनुपर्छ । शारीरिक र मानसिक रुपमा सबल नागरिकहरुको निर्माण गर्नेकुरालाई हामीले सामाजिक परिवर्तनका सन्दर्भमा अपरिहार्य विषय हो ।’