• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

एकैदिन एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँ घटेर एक लाख ११ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुनएक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज बजारमा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटि १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।