३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः साविक विजेता मछिन्द्रलाई दोस्रो स्थान



अ+ अ-

काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई ३–१ गोलले पराजित गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रका लागि आफिज ओलावाले दुई तथा विमल घर्ती मगरले एक गोल गरे‍ । हिमालयन शेर्पाका पिस्टोने मुटम्बाले एक गोल फर्काए ।

मछिन्द्रका लागि विमल घर्ती मगरले २६औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा ओलवालेले दुई गोल गरे । उनले ६८औं र ७७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

हिमालयन शेर्पाका लागि पिस्टोने मुटम्बाले अन्तिम मिमनेटमा एक गोल फर्काए । खेलको अन्तिम दश मिनेट दुवै टोली दश खेलाडीमा समेटिएका थिए ।

मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले ८३औं मिनेटमा रातो कार्ड पाएका थिए । श्रेष्ठको यो करिअरकै पहिलो रातो कार्ड हो । यस्तै विपक्षी खेलाडीसँग झगडा गरेका हिमालयन शेर्पाका निशान लिम्बुले ८५औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितसँगै मछिन्द्रले यस सिजन दोस्रो स्थानमा रहेर लिग सकाउने पक्का भएको छ । २५ खेलबाट मछिन्द्रको ४२ अंक छ । मछिन्द्रभन्दा पछि रहेका नेपाल पुलिसको ३८ र जावालखेल युथ क्लबको ३७ अंक छ ।

अब लिगमा एक खेल मात्र बाँकी रहेकोले दुवै टोलीले मछिन्द्रलाई भेटाउने छैनन् ।

नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले पहिलो सिजनमै लिग उपाधि जितिसकेको छ । यो हारपछि हिमालयन शेर्पाको २५ खेलबाट ३१ अंक छ ।