९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

‘ए’ डिभिजन लिगः साविक विजेता मछिन्द्रलाई दोस्रो स्थान

‘ए’ डिभिजन लिगः साविक विजेता मछिन्द्रलाई दोस्रो स्थान
अ अ+ अ-

काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई ३–१ गोलले पराजित गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रका लागि आफिज ओलावाले दुई तथा विमल घर्ती मगरले एक गोल गरे‍ । हिमालयन शेर्पाका पिस्टोने मुटम्बाले एक गोल फर्काए ।

मछिन्द्रका लागि विमल घर्ती मगरले २६औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा ओलवालेले दुई गोल गरे । उनले ६८औं र ७७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

हिमालयन शेर्पाका लागि पिस्टोने मुटम्बाले अन्तिम मिमनेटमा एक गोल फर्काए । खेलको अन्तिम दश मिनेट दुवै टोली दश खेलाडीमा समेटिएका थिए ।

मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले ८३औं मिनेटमा रातो कार्ड पाएका थिए । श्रेष्ठको यो करिअरकै पहिलो रातो कार्ड हो । यस्तै विपक्षी खेलाडीसँग झगडा गरेका हिमालयन शेर्पाका निशान लिम्बुले ८५औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितसँगै मछिन्द्रले यस सिजन दोस्रो स्थानमा रहेर लिग सकाउने पक्का भएको छ । २५ खेलबाट मछिन्द्रको ४२ अंक छ । मछिन्द्रभन्दा पछि रहेका नेपाल पुलिसको ३८ र जावालखेल युथ क्लबको ३७ अंक छ ।

अब लिगमा एक खेल मात्र बाँकी रहेकोले दुवै टोलीले मछिन्द्रलाई भेटाउने छैनन् ।

नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले पहिलो सिजनमै लिग उपाधि जितिसकेको छ । यो हारपछि हिमालयन शेर्पाको २५ खेलबाट ३१ अंक छ ।