९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

वामदेव गौतम एमालेमा फर्कने, उहाँको पार्टी सदस्यता एमालेमै छ: ओली

वामदेव गौतम एमालेमा फर्कने, उहाँको पार्टी सदस्यता एमालेमै छ: ओली
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार हुनु भएको छ ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उहाँले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको हो । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रश्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसक्नु भएको गौतमको शर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रश्ताव ल्याइएको गौतमको बुझाई छ ।

उहाँले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नुभयो । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनु भयो । उहाँले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताउनु भयो । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदी उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्वन भइरहन्छ । तपाई आउनुप¥यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यही अवस्थामा जान्छौं । अरु केही पर्दैन अब । उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनुभएको हो । मैले त्यसबेला के भनेको थिए भने ७० वर्ष यहाँ भएका सबै पुग्नुहुन्छ एक दिन । एउटा ७० वर्ष पुग्नुअघि अध्यक्ष भईहाल्यो भने अरु बाँकी रहेका ८÷७० जना ७० वर्ष पुगिहाल्छ । उनीहरु त आउट हुनैपर्छ । त्यसो भएर ७० वर्ष सबैको निम्ति आउँछ । मेरो निम्ति मात्रै आउन लागेको होइन । राख्नुहुन्छ भने राख्नुस् भन्ने मेरो त्यो प्रतिक्रिया थियो ।

मसहित उपस्थित भएको बैठकबाट यो प्रश्ताव उहाँहरुले पारित गर्नुभएको थियो अव ४÷५ वर्षमा ७० वर्ष पुग्ने नेताहरु १०/१२ जना छन् । त्यो हट्यो भने त्यसभित्र भएका धेरै अध्यक्ष पनि हुन पाउँछन । महासचिव पनि बन्न पाउँछन । हटेन भने एउटा बन्छ । १०/१२ जना नेताहरु जो अनुभवी छन् । उनीहरु हट्छन् । यसरी अन्तिममा गएर अनुभवी नेताहरु त्यहाँ समाप्त हुन्छन् । र, अनुभव नभएको व्यक्तिहरु माथि आउँछन् । साँच्चीकै राम्रो पनि गर्न सक्लान । तर पुरानाले मात्रै त्यो अनुभव साट्न सक्छन् । राम्ररी दिन सक्छन् । तर अरुहरुले त्यो गर्न सक्दैनन् । त्यस्तो पार्टी संस्कार र संस्कृतिबिहीन हुनसक्छ । समृद्ध बन्न सक्दैन । यही निलम्वनकै अवस्थामा म जानसक्छु । तर मेरो चाहीँ प्रश्ताव के हो भने त्यो हट्नैपर्छ भन्ने हो । किनकी त्यो मानवता बिरोधी छ । नेपालको संविधानको बिरुद्धमा छ । र, यो उमेर हद भनेको शारीरिक अवस्था हो । शारिरीक अवस्थाको आधारमा पार्टीमा बस्न पाउने, नपाउने भनेको विभेद हो । विभेद भनेको अपराधजन्य कानून बिरोधी गैरकानूनी काम हो ।

उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । म भन्थेँ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नुभएन । निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरुले भन्नुभएन । मेरो सदस्यता त्यहीँ छ । मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु । र, मेरो पार्टी सदस्यता किन छ भने मैले बनाए यो बीचमा । तर त्यो पार्टी कम्युनिष्ट पार्टी पूर्ण रुपमा भइसकेको थिएन । हो त्यस्तो अवस्थामा पार्टी त्यही रहिरहोस् भनेर राखिराखेको छु मैले । उहाँहरुले हटाई दिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतिलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भयो । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताउनु भयो ।