२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संस्थाको अनुशासनलाई सुदृढ बनाउन जरुरी छ: सचिव रेग्मी



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौति र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिवद्धता लिन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरु अपमानित हुनु परेको बताउनु भयो । सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताउनु भयो ।

उहाँले सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, ‘यी समस्याहरु समाधान हुन्छन्, सहकारी क्षेत्रले पुन: पुनर्जीवन पाउँछ र अर्थतन्त्र र सामाजिक क्षेत्रमा महत्वपूर्ण क्षेत्रका रुपमा रुपान्तरण हुनसक्छ । तर हामीमा साझा प्रतिवद्धताको आवश्यक्ता छ । समस्या साह्रै ठूलो पनि नबनाऔँ । सबै सहकारी समस्याग्रस्त भएका होइनन्, सबै सहकारी भागेका पनि होइनन्, सबै वचतकर्ताको वचत समस्यामा परेको पनि होइन तर केहीको परेको छ ।

जहाँ जहाँ अनुशासन भएन, जहाँ जहाँ सहकारीको मूल्य मान्यता आत्मसाथ गरिएन त्यहाँ समस्या भयो । शहरी क्षेत्रमा बढी समस्या बढी आयो । त्यसमा पनि केही मात्रै सहकारीमा समस्या आयो । आफ्नो ठाउँमा बस्न नसक्दा यस्ता समस्या आए । पहिले त हामीले आन्तरिक सुशासनको पालना गर्नुपर्छ । त्यसमा कमी कमजोरी भएको छ । अरुमा समस्या खोजि गर्ने हो भने झनै समस्या बढ्छ । सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यक्ता छ ।’

सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले असजिलो अवस्थामा अवरोध नभइ एकवद्ध हुुनपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।