९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

सहकारी संस्थाको अनुशासनलाई सुदृढ बनाउन जरुरी छ: सचिव रेग्मी

सहकारी संस्थाको अनुशासनलाई सुदृढ बनाउन जरुरी छ: सचिव रेग्मी
अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौति र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिवद्धता लिन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरु अपमानित हुनु परेको बताउनु भयो । सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताउनु भयो ।

उहाँले सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, ‘यी समस्याहरु समाधान हुन्छन्, सहकारी क्षेत्रले पुन: पुनर्जीवन पाउँछ र अर्थतन्त्र र सामाजिक क्षेत्रमा महत्वपूर्ण क्षेत्रका रुपमा रुपान्तरण हुनसक्छ । तर हामीमा साझा प्रतिवद्धताको आवश्यक्ता छ । समस्या साह्रै ठूलो पनि नबनाऔँ । सबै सहकारी समस्याग्रस्त भएका होइनन्, सबै सहकारी भागेका पनि होइनन्, सबै वचतकर्ताको वचत समस्यामा परेको पनि होइन तर केहीको परेको छ ।

जहाँ जहाँ अनुशासन भएन, जहाँ जहाँ सहकारीको मूल्य मान्यता आत्मसाथ गरिएन त्यहाँ समस्या भयो । शहरी क्षेत्रमा बढी समस्या बढी आयो । त्यसमा पनि केही मात्रै सहकारीमा समस्या आयो । आफ्नो ठाउँमा बस्न नसक्दा यस्ता समस्या आए । पहिले त हामीले आन्तरिक सुशासनको पालना गर्नुपर्छ । त्यसमा कमी कमजोरी भएको छ । अरुमा समस्या खोजि गर्ने हो भने झनै समस्या बढ्छ । सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यक्ता छ ।’

सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले असजिलो अवस्थामा अवरोध नभइ एकवद्ध हुुनपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।