२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्यार का पंचनामा’ अभिनेत्री सोनालीले गरिन् बिहे



अ+ अ-

एजेन्सी । बलिउड चलचित्र ‘प्यार का पंचनामा’की चर्चित अभिनेत्री सोनाली सेगलले आफ्ना लामो समयदेखिका प्रेमी आशिष सजनानीसँग विवाह गरेकी छन् । यो जोडी मुम्बईको गुरुद्वारामा आज वैवाहिक बन्धनमा बाँधिएका हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमा विवाहका केही तस्बिर शेयर गरेकी छिन् ।

सोसल मिडियामा सोनालीको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी गुलाबी रंगको साडीमा निकै सुन्दर देखिएकी छिन् । सारीसँगै सोनालीले टाउकोमा दुपट्टा पनि लगाएकी छिन् । यसै क्रममा उनले आफ्नो कुकुरलाई लिएर प्रवेश गरेकी थिइन् ।

सोनल सेगलको बिहेमा टिभी इन्डस्ट्रीका धेरै स्टारहरु सहभागी भएका थिए । मन्दिरा बेदी, रिद्धिमा पण्डित, चाहत खन्ना, सुमोना चक्रवर्ती र टिभी अभिनेता करण वी ग्रोवर पनि आ–आफ्ना श्रीमान्–श्रीमतीका साथ पुगेका छन् । यसबाहेक सोनालीको विवाहमा बलिउड अभिनेता कार्तिक आर्यन पनि पुगेका छन् ।

सोनाली विगत ५ वर्षदेखि आशिष सजनानीसँग सम्बन्धमा थिइन् । तर, उनले यो कुरा गोप्य राखिन् । सोनाली आफ्नो व्यक्तिगत जीवनको बारेमा मानिसहरूलाई थाहा नपरोस् भन्ने चाहन्थिन् । आशिषको कुरा गर्ने हो भने उनी व्यवसायी हुन् र मुम्बईमा उनको धेरै होटल छन् ।