५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउनुपर्छ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ यथेस्ट ध्यान नपुर्‍याएको बताए । उनले भने, ‘आफूले गरेको गल्तिलाई समयमै सच्यायो भने त्यो गल्तिको दुष्प्रभाव हामीले बेहोर्नुपर्दैन । निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाइ तत्काल सच्याउन म नेपाल सरकारसँग माग गर्दछु ।’

गगनले थपे,’बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने यो काम यदी भयो भने यसले निर्वाचन आयोगको भूमिकालाई संकचित पार्छ र यसको कामलाई प्रभावित गर्छ । किनकी जिल्ला प्रशासन कार्यालयले गर्ने काम प्रकारान्तरले कार्यकारीको हस्तक्षृेपबाट मुक्त हुन सक्दैन् । र यो विषय संविधानसम्मत पनि छैन्’ ।

अर्थमन्त्री डा।प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने बताएका थिए । यसप्रति निर्वाचन आयोगले समेत आपत्ति जनाइसकेको छ ।