• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भए बेन्जेमा



एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

३५ वर्षीय बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिडबाट बाहिरिएलगत्तै इतिहादमा भित्रिएका हुन् । उनले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । उनले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जेमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् ।

रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । रियलका पूर्वखेलाडीद्वय अब भने एक–अर्काका प्रतीद्वन्द्वी हुने भएका छन् ।

यसैबीच, अर्जेन्टिनी खेलाडी लियोनल मेसी पनि साउदी क्लबमा अनुबन्ध हुन सक्ने चर्चा छ । उनको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको सम्झौता सकिसकेको छ भने गत शनिबार क्लबका लागि अन्तिम खेल खेलेका थिए ।